खेलकुद

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

विश्वकीर्तिमानी रकममा साउदी क्लब जाँदै मेस्सी !

काठमाडौं । अर्जेन्टिनी सुपरस्टार फुटबर लियोनल मेस्सी विश्वकीर्तिमानी रकममा साउदी अरबको टिममा आवद्ध हुन लागेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार साउदी क्लव ‘अल हिलाल’ सँग उनको मौखिक सहमति भइसकेको छ । हालै आफ्नो देशलाई विश्वविजेता बनाएका ३५ वर्षीय लिजेन्डले फ्रेन्च क्लव पेरिस सेन्ट-जर्मेन (पीएसजी) छोडेर साउदी क्लब रोज्न लागेका हुन् । उनलाई भित्र्याउन अल हिलालले ५२२ मिलियन पाउन्ड (करिब ६५ करोड ८८ लाख डलर) खर्चिन लागेको एएफपीले जनाएको छ । समाचार अनुसार मेस्सीले सम्झौतामा हस्ताक्षर भने गरिसकेका छैनन् । मेस्सीले पाउन लागेको रकम अहिलेसम्म कुनै पनि खेलाडीका लागि सबैभन्दा ठूलो हो । यसअघि पोर्चुगलका सुपरस्टार रोनाल्डोलाई साउदी क्लव अल-नासरले वार्षिक…
Read More
क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

क्रिकेट खेलाडीलाई जनही ६ लाख दिने सरकारको निर्णय

काठमाडौं । सरकारले एसीसी क्रिकेट विजेता खेलाडीहरूलाई जनही ६ लाख दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलाडीलाई जनही ६ लाख रुपैयाँ र अफिसियललाई जनही ३ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । खेलकुद पुरस्कार कार्यविधि अनुसार एसीसी प्रिमियर कप क्रिकेट विजेता खेलाडीलाई जनही ५ लाख रुपैयाँ पुरस्कार पाउने थिए । मन्त्रिपरिषदले कार्यविधिमा भएको भन्दा १ लाख बढाएर पुरस्कार घोषणा गरेको हो । साथै मन्त्रिपरिषद बैठकले त्रिवि क्रिकेट मैदान अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने निर्णय पनि गरेको छ ।
Read More
न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तान शीर्ष स्थानमा

काठमाडौं । पाहुना टोली न्युजिल्यान्डलाई चौथो एकदिवसीय अन्तराष्ट्रिय९ओडिआई० खेलमा घरेलु टोलीले सानदार रुपमा हराएको छ । कराँचीमा रहेको नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली १ सय २ रनको फराकिलो अन्तरले पराजित गरेको हो । यो जितसँगै घरेलु टोली आईसीसीको ओडिआई वरीयतामा शीर्ष स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा रहेको अष्ट्रेलियालाई पछि पार्दै पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ । नयाँ वरीयतामा अष्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । भारत तेस्रो,इंग्ल्यान्ड चौथो तथा न्युजिल्यान्ड पाँचौ स्थानमा रहेका छन्। नेपाल भने १४ औं स्थानमा यथावत रहेको छ ।
Read More
पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा

 पोखरा । शनिबार हुने पोखरा स्पोर्ट्स अवार्डको सबै तयारी पूरा भएको छ । शनिबार दिउँसो दुई बजेपछि पोखरा सभागृह हलमा कार्यक्रममा वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड सहित वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, लाइफ टाइम अचिभमेन्ट अवार्ड, उदियमान खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट खेलकुद संस्था वा क्लब विधामा अवार्ड प्रदान गरिनेछ । यी मध्येमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी गरेर चारवटा विधाको उत्कृष्ट तीन मनोनयन सार्वजनिक भैसकेको छ । जस अनुसार वर्ष खेलाडी पुरुषतर्फ क्रिकेटका करण केसी, आर्चरीका गंगाबहादुर कुँवर र टेनिसका प्रदिप खड्का मनोनयनमा परेका छन् । वर्ष खेलाडी महिलातर्फ आर्चरीकी रोजीना थापा…
Read More
अनुशासन तोडेपछि मेस्सीलाई पिएसजीको कारवाही

अनुशासन तोडेपछि मेस्सीलाई पिएसजीको कारवाही

अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीलाई उनको क्लब पेरिस सेन्ट जर्मेन पीएसजीले २ हप्ताका लागि निलम्बन गरेको छ । क्लबसँग अनुमति नलिई साउदी अरबको भ्रमण गरेकोमा उनी कारबाहीमा परेका हुन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार २ हप्ताको निलम्बनमा परेमा उनले पीएसजीका २ वटा खेल गुमाउने छन् । पीएसजीसँगको सम्झौता यो सिजनपछि सकिँदै छ । सम्झौता सकिनु र मेसीले सम्झौता नवीकरणको प्रतिक्षा गरिरहेका बेला उनीमाथि कारबाही भएको हो । निलम्बनको समयमा क्लबमा प्रशिक्षणसमेत गर्न नपाउने मेस्सीले यो समयको पारिश्रमिक पनि पाउने छैनन् ।
Read More
नेपाल एसिया कपको लागि छनौट

नेपाल एसिया कपको लागि छनौट

काठमाडौंमा जारी एसीसी प्रिमियर कपको उपाधि नेपालले हात पारेको छ । युएईलाई ७ विकेटले स्तब्ध पार्दै नेपालले उपाधि हात पारेको हो ।   यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे । २२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धशतक बनाएका छन् । नेपालका तीन ब्याटर दोहोरो अंकमा रन बनाउन नसकी आउट हुँदा गुलसन झाले ८४ बल खेल्दै ३ चौका र ६ छक्काको मद्दतमा सर्वाधिक ६७ रनको अविजित इनिङ खेले । भने, भीमले ७२ बल खेल्दा ४ चौकाको…
Read More
सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

सरकार र महावीर पुनबीच सातबुँदे सहमति, माइतीघरको आन्दोलन स्थगित

१८ वैशाख, काठमाडौं । सरकार र राष्ट्रिय आविष्कार केन्द्रबीच सातबुँदे सहमति भएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र केन्द्रका अध्यक्ष महावीर पुनबीच भएको वार्तामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविस्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्नेलगायतका  सहमति भएको छ । Source: Onlinekhabar For Web Design Purpose Only
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.