विश्वकप छनोटमा पहिलो लक्ष्य सुपर सिक्समा पुग्ने ः सहायक प्रशिक्षक बसन्त
१९ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय टिमका सहायक प्रशिक्षक बसन्त शाही ठकुरीले जिम्बाव्वेमा हुने आईसीसी विश्वकप छनोटमा नेपालको लक्ष्य सुपर सिक्समा पुग्ने रहेको बताएका छन् । जिम्बाव्बेमा जुन १८ देखि जुलाई ९ सम्म हुने विश्वकप छनोटको अन्तिम तयारीका लागि नेपाली टोली बुधबार दक्षिण अफ्रिका पुगिसकेको छ र बिहीबार प्रशिक्षण पनि गरेको छ । ‘विश्वकप छनोट फरक प्रतियोगिता हो र यो ठूलो प्रतियोगिता पनि हो । विगमा हामीले जुन सफलता पाएका छौं । पछिल्लो समय राम्रो क्रिकेट खेलिराछौँ र त्यसलाई निरन्तरा दिनुपर्छ,’ नेपाल क्रिकेट संघले बिदाइ गरेपछि शाहीले भनेका थिए, ‘जुन किसिमले नेपाली क्रिकेटप्रेमीहरुले नेपाललाई समर्थन गर्नुभएको छ त्यसमा हामी खरो…