समाचार

हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा पर्ने चिन्ता

हिमाल जोगाउन नसके पर्यटन क्षेत्र संकटमा पर्ने चिन्ता

पोखरा । वसन्त ऋतुको यो याममा सगरमाथा आरोहण गर्नेको लर्को छ । हिमाल भनेकै सर्वोच्च शिखर सगरमाथा भन्ने बुझाइ संसारकै मनस्थितिमा छ र आरोहण पारखीको रोजाइमा पनि सगरमाथा नै पर्छ । आरोहणको गर्विलो इतिहास बोकेर अन्नपूर्ण प्रथम हिमाल भने ७३ वर्षदेखि ठिंग उभिएको छ । सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जोगले पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेर विश्व किर्तिमानी कायम गरेका थिए । उनको साथमा थिए, लुई लिचेनेल । जबकि त्यसको ३ वर्षपछि मात्रै सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सगरमाथाको चुचुरो चुमेका थिए ।नेपालमा हिमाल आरोहणको ७३ वर्ष पुगेको छ…
Read More
विभेद उन्मूलनका लागि रक्तदान गरिने

विभेद उन्मूलनका लागि रक्तदान गरिने

दुलेगौँडा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसको अवसरमा आईतबार तनहुँ शुक्लागण्डकी नगरपालिकामा बृहत रक्तदान कार्यक्रम हुने भएको छ । ‘हाम्रो दलित समाज’ शुक्लागण्डकी नगरपालिकाको आयोजनामा विद्यमान रक्तअभावलाई पूर्ति गर्नुका साथै समाजमा हुने विभेदलाई अन्त्य गर्ने उदेश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको समाजका संयोजक भरत लामगादेले जानकारी दिए । कार्यक्रम मार्फत समाजका सवै वर्ग र समुदायको एकतालाई मजबुत बनाउन प्रयास गरिने लामगातेले बताए । विहान ७ बजेदेखि बन्केवा चोकमा आयोजना हुने कार्यक्रममा सहभाति हुनुका साथै रक्तदान गर्न समेत उनले अपिल गरेका छन् । नेपाल रेडक्रस सोसाईटी कास्की र रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा हुने कार्यक्रम मार्फत एक सय पिन्ट बढी…
Read More
भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

२० जेठ, भक्तपुर । गुडिरहेको गाडीबाट खसेर आज भक्तपुरमा एक महिलाको मृत्यु भएको छ । भक्तपुर नगरपालिका-१ सल्लाघारी हनुमन्ते पुलस्थित राधेराधेबाट निकोसेरातर्फ जाँदै गरेको बा.२१च. ५३०१ नंको गाडीमा सवार एक महिलाको खसेर मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए । करिब ४३ वर्षीया मृतक महिलाको पहिचान हुन नसकेको र पहिचानको प्रयास भइरहेको उनले बताए । गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाद्वारीस्थित डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । गाडी चालक काभ्रे भुम्लु गाउँपालिका-३ घर भई हाल ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चालक सूर्यबहादुरलाई प्रहरी वृत्त जगातीमा…
Read More
गुल्मीमा गाँजा र मर्चा नष्ट

गुल्मीमा गाँजा र मर्चा नष्ट

२० जेठ, गुल्मी । जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाका विभिन्न स्थानबाट मर्चा र गाँजा बरामद गरी नष्ट गरेको छ । प्रहरीले मुसिकोट नगरपालिका-५ इन्ऽेगौडा बजारस्थित सडक छेउमा बेवारिसे ६ वटा प्लाष्टिकको बोरामा १०३ के.जी. घरेलु जाँड बनाउन प्रयोग हुने वस्तु (मर्चा) फेला पोरेको थियो । त्यस्तै रेसुङ्गा नगरपालिका-४ स्थित रैदीबाट बरामद गरिएको ४ के.जी.७८२ ग्राम गाँजा फेला पारेको थियो । उक्त मर्चा र गाँजालाई कार्यायल परिसरमा सरोकारवाला व्यक्तिहरुको रोहवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक -एसपी) नवीन किशोर प्रधानले बताए ।
Read More
रुखबाट खसेर एकको मृत्यु

रुखबाट खसेर एकको मृत्यु

शनिबार, जेठ २०, २०८० १२ः५१ काठमाडौं- रुखबाट खसेर बाजुरामा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिमालिका नगरपालिका-९ ढम्कनेका ४२ वर्षीय देवबहादुर धामी रहेका छन्। रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए। उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए।
Read More
काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

काठमाण्डौमा पाकेटमारी गरी भाग्दै गरेको अवस्थामा तनहुँका एकसहित दुई जना पक्राउ

काठमाडौं। पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाण्डौ जिल्ला -२६ गोगंबुस्थित सार्वजनिक यातायातबाट पाकेटमारी भाग्दै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा तनहुँ जिल्ला बन्दिपुर गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ टोखा -८ बानियाँटार बस्दै गरेका ३० वर्षीय मणिराज गुरुङ र सिन्धुपाल्चोक बलिफी गाउँपालिका -५ घर भइ हाल काठमाण्डौ -२६ बस्ने २९ वर्षीय आशिष ठकुरी रहेका छन्। प्रहरीका अनुसार उनीहरुले बिहिबार साँझ गोगंबुस्थित सार्वजनिक यातायातमा सवार एक व्यक्तिको साथबाट ३४ हजार रुपैयाँ पाकेटमार गरी भाग्ने क्रममा प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।
Read More
भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

भारतको ओडिशामा रेल दुर्घटना २८० को मृत्यु , ९०० बढी घाइते

भारतको ओडिशाको बालासोरमा तीनवटा रेल एकआपसमा ठोक्किएपछि भयानक दुर्घटना भएको छ । जसमा अहिलेसम्म २८० जनाको मृत्यु भएको छ भने ९०० भन्दा बढी घाइते भएको बताइएको छ । शुक्रबार साँझ ७ बजे चेन्नईबाट हाउडा गइरहेको शालीमार चेन्नई कोरोमन्डल एक्सप्रेस बहानगानजिक मालगाडीसँग ठोक्किएको बीबीसीले उल्लेख गरेको छ। मालगाडीसँग ठोक्किएपछि उक्त रेलको अगाडिका डिब्बा पटरीबाट खसेको थियो। विपरित दिशाबाट आइरहेको यसवन्तपुर- हाउडा सुपरफास्ट एक्सप्रेस रेल पटरीबाट खसेको रेलको डिब्बासँग ठोक्किएको थियो। मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । दुर्घटनापछि उद्धार र राहत कार्य जारी छ । ओडिशाको बालासोरमा भएको रेल दुर्घटनापछि रेल मन्त्री अश्विनी वैष्णव घटनास्थल पुगेर जानकारी लिएका थिए । उनले…
Read More
गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

गुल्मीमा स्थानीय जातको धानबाली संरक्षण गर्न बिउ वितरण

१९ जेठ, गुल्मी । गुल्मीका किसानलाई अनुदानमा स्थानीय जातको धानको बिउ वितरण गरिएको छ । स्थानीय जातको धान बाली संरक्षण गर्ने उद्देश्यले कृषि ज्ञानकेन्द्रले किसानलाई ९० प्रतिशत अनुदानमा हंसराज जातको धानको बिउ वितरण गरेको छ । स्थानीय जातका विभिन्न बलीहरु मासेर उन्नत हाइब्रिड जातका बालीतर्फ किसानहरू आकर्षित भइरहेको समयमा ज्ञानकेन्द्रले किसानलाई स्थानीय जातको धानको बिउ वितरण गरेको हो । यो जातको बिउबाट धान कम उत्पादन हुने भएपनि खाना मिठो हुने कृषि ज्ञानकेन्द्र गुल्मी प्रमुख नवराज भण्डारीले जानकारी दिए । बिउ वितरणसँगै धानबालीमा लाग्न सक्ने रोग/किरा नियन्त्रण गर्न विषादी पनि वितरण गरिएको ज्ञानकेन्द्रले जनाएको छ । धानको ब्याड राख्ने समयदेखि नै…
Read More
सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

सुनकोशी नदीमा गाडी खस्दा, सीटीईभीटीका २ निर्देशकसहित ३ जना बेपत्ता

काठमाडौं- मध्यपहाडी लोकमार्गमा पर्ने सुनकोशी नदीमा गाडी खसेको छ। गाडीमा सवार ३ जना बेपत्ता भएका छन्। घुर्मी-खुर्कोट खण्डको सिन्धुलीको गोलन्जोर गाउँपालिका-७ लौकुनबाट गाडी नदिमा खसेको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए। गाडीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का २ निर्देशकसहित ३ जना तथा गाडी चालक समेत गरी ४ जना सवार थिए। उनीहरुमध्ये गाडी चालक भने पौडिएर बाहिर निस्केको र निर्देशकसहित ३ जना बेपत्ता भएको एसपी सिलवालले जानकारी दिए। उनीहरु सरकारी गाडीमा खोटाङ जान हिँडेका बताइएको छ। अहिले उनीहरुको खोजी भइरहेको छ।
Read More
मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक ओझेलमा

म्याग्दी। पूर्व-पश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक मानिएको बेनी-दरवाङ-मुना-जलजला-ढोरपाटन सडक ओझेलमा परेको छ । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको यो सडकको थप १९ किलोमिटर मार्ग खोलेपछि ढोरपाटनसँग जोडिनेछ । तर पछिल्लो दुई वर्षयता बजेट विनियोजन नहुँदा सडक निर्माण रोकिएको छ । भौगोलिकरूपमा म्याग्दीको मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाका बासिन्दा लाभान्वित हुने र दीर्घकालीनरूपमा राष्ट्रिय महत्व राख्ने भए पनि आवश्यक बजेट र पहुँचको अभावमा यो सडक ओझेलमा परिरहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनका अनुसार काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने यो छोटो दूरीको सडक हो । बेनीबाट मुना हँुदै खोरियासम्म ५० किलोमिटर सडकको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.