भ्रष्टचारको विरोधमा जुर्मुराउदै नागरिक
दुलेगौंडा । देशमा भुटानी शरणार्थी प्रकरणले चर्चा पाई रहदाँ नागरिक स्तरमा भने चासो बढेको देखिन्छ । भ्रष्टचारको विरोध गर्न अहिले तनहुँमा नागरिक समाजदेखि राजनितिक दल र भातृ संस्थाहरु सक्रिय बनेका छन् । विभिन्न संघ संस्थाले जिल्लाका विभिन्न स्थानमा भ्रष्टचार विरुद्धको आन्दोलन तथा विरोध कार्यक्रमहरु सम्पन्न गरिसकेका छन् । शनिबार शुक्लागण्डकी नागरिक समाजले अगुवाई गरि विरोध तथा खबरदारी कार्यक्रम सम्पन्न भएको छ । समाजका अध्यक्ष खेमराज खनालले भ्रष्टचारको अन्य फाईलहरु समेत खोलिनुपर्ने र मिलेमतो गरि लुकाईएको प्रकरणहरुलाई अनुसन्धान गर्नुपर्ने बताए । उनले केन्द्रदेखि स्थानीय तहसम्ममा बेतिथीको विरोध हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा यहाँका विभिन्न राजनितीज्ञ, ब्यवसायी, पत्रकार, शिक्षक लगायत सहभागि…