समाचार

हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

हलो छोडेर ट्याक्टर जोत्दै हिमाली जिल्लाका किसान (भिडियो सहित)

म्याग्दी । हिमाली जिल्ला म्याग्दीमा किसानले कृषि खेतीमा आधुनिक कृषि यन्त्रको प्रयोग बढाउँदै गएका छन् । कृषि खेतीमा काम चाँडो र श्रम पनि कम खर्च हुने भएकाले किसानहरू हाते ट्याक्टरप्रति आकर्षित हुँदै गएका हुन् । पछिल्लो समय किसानहरू गोरुले जोत्न छोडेर आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर)को प्रयोग खेत जोत्न थालेका हुन् । गोरुले जोत्नुभन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले तीन वर्षदेखि हाते ट्याक्टरले खेत जोत्दै आएको रघुगंगा गाउँपालिका- २ राखु भगवतीका देवबहादुर खत्रीले बताए । उनले गाउँमा कृषि खेती गर्ने क्रम घट्दै गएको छ, काम गर्ने मान्छे पाउन पनि ग्राहो भएकोले यो प्रविधिले धेरैलाई कृषि खेती…
Read More
सर्पले डसेर महिलाको मृत्यु

सर्पले डसेर महिलाको मृत्यु

२६ जेठ, सिन्धुली । सर्पले डसेर सिन्धुलीमा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए । कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले डसेको थियो । दुधौली नगरपालिका ७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि सिरहाको कर्जना फूलकुमारी महतो मेमोरियल अस्पतालमा लागिएकोमा उनको उपचारकै क्रममा निधन भएको दाहालले बताए ।
Read More
डडेल्धुरामा जिप दुर्घटनामा परि ९ जना घाइते

डडेल्धुरामा जिप दुर्घटनामा परि ९ जना घाइते

कैलाली । डडेल्धुरामा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । शुक्रबार बिहान जिल्लाको नवदुर्गा गाउँपालिका- १ कोटेलीमा से१ज ३२९ नम्बरको जिप दुर्घटना हुँदा ९ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । चरिचरनका लागि जङ्गलमा लगिरहेका बाख्राका कारण जिप दुर्घटना भएको हो। बाख्रा बचाउन खोज्दा जिप सडकमा नै पल्टिएर ९ जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डिएसपी मनोहर भट्टले जनकारी दिए । नवदुर्गा १ निम्तोलादेखि डडेल्धुरा सदरमुकाम गइरहेको जिप दुर्घटनामा परेको हो ।
Read More
इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

इच्छाकामना मन्दिर भक्तजनका लागि खुला

मुग्लिन। चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित ऐतिहासिक धार्मिकस्थल इच्छाकामना माता माईको मन्दिर भक्तजनका लागि खुला गरिएको छ । मन्दिर पुनःनिर्माण सम्पन्न भएपछि भक्तजनका लागि खुला गरिएको हो । मन्दिर बाहिर निर्माण गरिएको इच्छाकामना माताको प्रतिमामा पूजा गर्दै आएकामा बिहीबारदेखि मन्दिरभित्रैबाट पूजा गर्न खुला गरिएको छ । विधिवतरूपमा पूजा गरी गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले बिहीबार मन्दिरको उद्घाटन गरेपछि सर्वसाधारण तथा भक्तजनका लागि नियमित पूजा गर्न खुला गरिएको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले जानकारी दिए । बागमती प्रदेश, इच्छाकामना गाउँपालिका, स्थानीयको श्रमदान र चन्दादाताको सहयोगमा रु दुई करोड ४२ लाखको लागतमा मन्दिर पुनःनिर्माण सम्पन्न भएको बोहोराले बताए । कोरोना महामारी…

ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु

ढुङ्गा खानीको भीरबाट लडेर रुकुम पश्चिममा एक जनाको मृत्यु

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका- ४ मा रहेको ढुङ्गा खानीको भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोताम बस्ने अन्दाजी ६० वर्षीय हिरे कामी रहेको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । स्थानीय मनरुप टमटा र लटे कामीको घर छाउने ढुङ्गा निकाल्ने क्रममा लडेर उनको मृत्यु भएको कणर्ाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनी भिरबाट करिब ७०० मिटर तल भिरमा खसेका थिए ।
Read More
चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

चर्को गर्मी तथा चुरेविनाशले मधेश प्रदेशका एक तिहाई चापाकल सुक्यो

जनकपुरधाम । लामो समयसम्म पानी नपरेका कारणले मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा खानेपानीको मुहान सुकेपछि सर्वसाधारण निक्कै मारमा परेका छन् । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भएका एक तिहाई चापाकलहरु सुकेपछि सर्वसाधारणलाई खाने पानीको समस्या मात्र होइन सरसफाईमा पनि समस्या उत्पन्न भएर अन्य रोगको खतरा पनि उत्पन्न भएको छ । यसका साथै मधेश प्रदेशका पूर्व पश्चिम लोक राजमार्ग क्षेत्रमा भएका इनारहरूमा पानी आउन बन्द भएपछि निक्कै समस्या उत्पन्न भएको छ । खानेपानीको समस्याबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी, बारा, पर्सा तथा रौतहट जिल्लाको उत्तरी भेगमा समस्या उत्पन्न भएको छ । चुरे तथा वनजंगलको दोहनका कारणले पनि पानीका श्रोतहरू सुक्न थालेको छ । जनकपुरधाममा ४५०…
Read More
आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ

आफ्नै १४ दिने शिशुको हत्या गरी फरार व्यक्ति पक्राउ

काठमाडौं । आफ्नै १४ दिने शिशुको हत्या गरी फरार एक व्यक्तिलाई प्रहरीले १० दिनपछि पक्राउ गरेको छ । बारामा घटना घटाएर फरार भएका उनलाई काठमाडौँको चन्द्रागिरिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार जेठ १४ गते बेलुका अन्दाजी ५ बजेको समयमा बाराको देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारीले आफ्नो नवजात शिशु (१४ दिनको छोरालाई) कर्तव्य गरी मारेर फरार रहेका थिए । उनी फरार भएपछि काठमाडौँमा लुकेको आशङ्कामा खोजतलास गरी पक्राउ गर्न भन्दै जिल्ला प्रहरी कार्यालय बाराबाट पत्राचार भएअनुसार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई गए…
Read More
स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

स्याङ्जामा गाडी दुर्घटना हुँदा चालकको मृत्यु ३ जना घाइते

पोखरा । जिल्ला समन्वय समिति स्याङ्जाको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पर्वतबाट स्याङ्जा आउँदै गरेको बा. १ झ.५८७८ नम्बरको गाडी बुधवार बेलुकी अर्जुनचौपारी गाउँपालिका-३ खोले दुर्घटना हुँदा चालक वालिङ नगरपालिका-४ एलादीका अन्दाजी ३५ वर्षीय अमृत खनालको मृत्यु भएको प्रहरीले जनाएको छ । गाडीमा सवार समितिका समन्वय अधिकारी राजेन्द्रप्रसाद अधिकारी, अम्बिका पौडेल र टीकाराम पौडेल घाइते भएको डीएसपी रवीन्द्र खनालले जानकारी दिए । सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
Read More
कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

कालिकोटमा जीप दुर्घटना हुदाँ दुईको मृत्यु

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । रास्कोट नगरपालिका-२ सेरा बजारमा रोकेर राखिएको जिप दुर्घटना भएको हो । ग ३ च ४६१० नम्बरको जीप एक्कासि ब्याक भई सडकबाट ३ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी जोरा सिंह माझीले जानकारी दिए । दुर्घटनामा रास्कोट नगरपालिका-१ का ४३ वर्षीय मोनबहादुर शाही र उनकी श्रीमती ३६ वर्षीया मनकुमारी शाहीको घटनास्थलमै मृत्यु भएको भने २२ वर्षीया रिता शाही गम्भीर घाइते रहेको उनले जानकारी दिए । उनका अनुसार रिता गर्भवती रहेको र रितालाई थप उपचारका लागि हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.