प्रकाश सपुतले ‘बोल माया’को दोस्रो भाग ‘दमाई महाराज’ ल्याउने
काठमाडौं । ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो । अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । अब भने प्रकाश सपुत आफ्नो लोकप्रिय गीत ‘बोल माया’ दोस्रो भाग ल्याउने तयारीमा लागेका छन् । उनले नयाँ गीतको शीर्षक जुराएका छन्, ‘दमाई महाराज’ । उनले यस विषयमा सामाजिक सञ्जालबाट जानकारी दिंदै २०८० साललाई जातीय विभेदविरुद्धकोे वर्षका रुपमा आफूले मनाउने निणर्य गरेकाले सोही अनुसारका सिर्जना…